काठमाडौं । रिज लाइन इनर्जीले विशेष साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले आउँदो असोज २ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको चन्द्रागिरी–७ स्थित ग्रीन ल्यान्ड ब्यांक्वेट एन्ड रेस्टुरेन्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले एउटा मात्र विशेष प्रस्ताव कम्पनीको नियमावली संशोधन गर्ने पारित गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले भदौ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ २२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा सहभागी हुन पाउनेछन्।












