IME Life New

आवासीय व्यक्तिगत घर कर्जामा आकर्षण, बैंकहरुबाट करिब साढे ४ खर्ब प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय आवासीय व्यक्तिगत घर कर्जामा आकर्षण बढ्दै गएको छ।

नेपाल राष्ट्र बैंकले यो कर्जा बैंकहरुले अधिकतम २ करोड रुपैयाँ प्रवाह गर्न पाउने प्रावधान तोकेको छ। केन्द्रीय बैंककै तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्म बैंकबाट करिब साढे ४ खर्ब रुपैयाँ यो शीर्षकमा कर्जा प्रवाह भएको छ।

Esewa
Crest

तथ्यांकअनुसार बैंकहरुले आवासीय व्यक्तिगत घर कर्जा शीर्षकमा मंसिरसम्म ४ खर्ब ४४ अर्ब करोड ९१ लाख रुपैयाँ प्रवाह गरेका छन्। गत आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म बैंकहरुले यो शीर्षकमा ३ खर्ब ९८ अर्ब १५ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिसम्म कर्जा प्रवाह ११.७४ प्रतिशतले बढेको छ।

यसैगरी चालु वर्षको मंसिरसम्म बैंकहरुले घरजग्गा कर्जातर्फ २ खर्ब ७४ अर्ब ५१ करोड ३ लाख रुपैयाँ प्रवाह गरेका छन्। गत वर्ष यही अवधिसम्म बैंकले यस शीर्षकमा २ खर्ब ७७ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ कर्जा दिएका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिमा यो शीर्षकमा कर्जा प्रवाह १.०२ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS