IME Life New

गत आर्थिक वर्षको स्वःघोषणाको विवरण उद्योग विभागमा पेस नगर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योग विभागले गत आर्थिक वर्ष २०८१।८२ को स्वःघोषणा विवरण पेस नगर्न आग्रह गरेको छ।

विभागले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको असोज ५ गतेको पत्रमा बमोजिम विभागले गत आर्थिक वर्षको स्वःघोषणा विवरण पेस नगर्ने व्यवस्था गरेको हो।

Esewa
Crest

निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ अनुसार मूल्य अभिवृद्धि प्रमाणीकरण गराउन चाहने निर्यातकर्ताले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र स्वःघोषणासहित अनुसूची–३ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ। तर, मन्त्रालयले पत्र पठाउँदै चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना गर्ने गरी निवेदन लिन उपयुक्त देखिएको भनी विभागलाई निर्देशन दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS