IME Life New

तीन लगानीकर्ता संघका प्रतिनिधिद्वारा सीडीएससीका नवनियुक्त सीईओसँग भेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर लगानीकर्ता संघ, नेपाल पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघले सीडीएसीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई भटेका छन् । यी ३ वटै संघका प्रतिनिधिहरुले सीडिएसीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई भेटेर हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

सोही भेटको क्रममा तीनवटै संघहरूले संयुक्त वक्तव्य जारी गर्दै सीडिएससीको नेतृत्व परिवर्तनबाट लगानीकर्तामैत्री, पारदर्शी र प्रभावकारी प्रणाली निर्माणमा गति आउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा प्रणालीलाई थप पारदर्शी, सहज र विश्वसनीय बनाउने अपेक्षा समेत गरिएको वक्तव्यमा उल्लेख छ ।

Esewa
Crest

मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिका माध्यमबाट टाढा रहेका लगानीकर्तालाई सेवा पु¥याउने, आईपीओ आवेदन प्रणालीलाई थप सहज बनाउने, सेटलमेन्ट प्रक्रिया छोट्याउने र गुनासो समाधान गर्ने प्रभावकारी हेल्पडेस्क निर्माण गर्नु अत्यावश्यक रहेको जारी वक्तव्यमा भनिएको छ ।

साथै, सीडिएसी पूँजी बजारमा इलेक्ट्रोनिक रूपमा शेयर कारोबार, डिम्याट खाता व्यवस्थापन, सी–एसबा प्रणाली, शेयर ट्रान्सफर, मर्जर प्रक्रिया, बोनश र लाभांश वितरण लगायत सेवा प्रदान गर्दै आएको संस्था हो। उक्त संस्थाले अब ई–केवाईसी प्रणालीमा आधारित एकीकृत ट्रेडिङ प्रणालीलाई प्रवर्द्धनको भुमिका थप सहज बनेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS