IME Life New

कर्जा भुक्तानी गर्नु ऋणीको नैतिक र कानुनी दायित्वः राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा लिएपछि भुक्तानी गर्नुपर्ने ऋणीको नैतिक र कानुनी दायित्व रहेको स्पष्ट पारेको छ।

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै यस्तो स्पष्ट पारेको हो। कर्जाका रुपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानुनी दायित्व रहेको राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेप रुपमा स्वीकार गर्छन्। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्न बैंक तथा वित्तीय संस्थाले तोकिएको सर्तहरुको अधीनमा रही कर्जाका रुपमा प्रवाह गर्छन्।

कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएको सर्तबमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व रहेको केन्द्रीय बैंकले जनाएको छ। ‘कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो’, राष्ट्र बैंकले भनेको छ।

कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालोसूचीमा राखिने, धितो सुरक्षण लिलामीजस्ता कानुनी कारबाही हुनुका साथै सामाजिक बहिष्करणमा समेत पर्न सक्नेमा राष्ट्र बैंकले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS