IME Life New

मुलुकमा भित्रिने रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति उल्लेख्य बढ्यो, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ तेस्रो त्रैमास (साउन–चैत)सम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदनअनुसार महँगी नियन्त्रण उन्मुख देखिएको छ। विदेशी विनिमय सञ्चितिको स्थिति पनि उल्लेख्य बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको चैतसम्म मुलुकको चालु खाता र शोधनान्तर स्थिति बचतमा रहेको छ। विप्रेषण आप्रवाह (रेमिट्यान्स) पनि यो ९ महिनामा साढे १६ खर्ब बढी भित्रिएको छ।

मुद्रास्फीति

२०८२ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः २.४५ प्रतिशत र ३.९० प्रतिशत रहेको थियो।

वैदेशिक व्यापार

आर्थिक वर्ष २०८२।८३ को ९ महिनामा कुल वस्तु निर्यात १८.५ प्रतिशतले वृद्धि भई रु.२ खर्ब २२ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २२.६ प्रतिशत र ५.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४६.८ प्रतिशतले कमी आएको छ।

आर्थिक वर्ष २०८२।८३ को ९ महिनामा कुल वस्तु आयात १३.८ प्रतिशतले वृद्धि भई रु. १४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.२ प्रतिशतले वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.८ प्रतिशत, २१.३ प्रतिशत र २४.२ प्रतिशतले वृद्धि भएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा कुल वस्तु व्यापार घाटा १३.० प्रतिशतले वृद्धि भई रु. १२ खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.४ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात– आयात अनुपात १५.० प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.४ प्रतिशत रहेको थियो।

विप्रेषण आप्रवाह

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई रु. १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेको थियो। २०८२ चैत महिनामा विप्रेषण आप्रवाह रु. २ खर्ब ९ अर्ब ७५ करोड रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ३९ अर्ब ५४ करोड रहेको थियो।

चालु खाता एवं शोधनान्तर स्थिति

समीक्षा अवधिमा चालु खाता रु. ६ खर्ब १८ अर्ब ६८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. २ खर्ब २२ अर्ब ६७ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ३२ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ७ खर्ब ३१ अर्ब १६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेकोशोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब १० करोडले बचतमा रहेको छ।

विदेशी विनिमय सञ्चिति

२०८२ असार मसान्तमा रु. २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले वृद्धि भई २०८२ चैत मसान्तमा रु. ३४ खर्ब ९४ अर्ब ७३ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ चैत मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई २३ अर्ब ५५ करोड पुगेको छ।

सञ्चिति पर्याप्तता सूचक

आर्थिक वर्ष २०८२।८३ को ९ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८२ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ५७.२ प्रतिशत, १५३.१ प्रतिशत र ४१.२ प्रतिशत रहेका छन्। २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS