IME Life New

भारतीय जनतालाई राहात, अब डिजिटल अरेस्टसँग सम्बन्धित धोकाधडीमा बीमाको सुरक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय भारतमा डिजिटल अरेस्टमार्फत लाखौँ र करोडौँ रुपैयाँको ठगी कारोबारको समाचार दैनिक घटना बन्दै गइरहेको छ। यस्ता घटनाका पीडितलाई राहातको खबर बाहिर आएको छ।

ईटीमा प्रकाशित समाचारअनुसार भारतका बैंक र बीमा कम्पनीहरुले हाल नयाँ प्रकारको बीमा नीति बनाउने विचार गरिरहेका छन्। यो नीतिले डिजिटल अरेस्ट घोटालाको सिकार हुनेहरुलाई सुरक्षा प्रदान गर्नेछ।

Esewa
Crest

डिजिटल अरेस्टका बढ्दो घटना र उच्च–प्रोफाइल व्यक्ति संलग्न त्यस्ता घोटालाका पीडितको प्रतिक्रियामा भारत सरकार सक्रिय भएको छ। भारत सरकारले यस मुद्दामा काम गर्न एक समिति पनि गठन गरेको छ। यो समितिले यूपीआई (युनिफाइड पेमेन्ट्स इन्टरफेस) लेनदेनका लागि ‘किल स्विच’ जस्ता उपकरणहरुसँग मिलेर काम गर्ने विधिको खोजी गरिरहेको छ।

‘किल स्विच’ले मानिसहरुलाई तुरुन्तै आफ्नो कारोबार फ्रिज गर्न अनुमति दिन्छ। यदि यो योजना सफल भयो भने भारत यस्ता साइबर घोटालाहरुको लागि ठगी कभरेज प्रदान गर्ने पहिलो देश हुनेछ। योजनाले जोखिम व्यवस्थापन गर्ने र प्रिमियम किफायती राख्ने लक्ष्य राखेको छ।

हाल सञ्चालनमा रहेका बीमा पोलिसीहरुले यस्ता ठगीबाट हुने क्षतिको कभर गर्दैनन् वा क्षतिपूर्ति गर्दैनन्। वास्तविक समस्या यो हो कि पीडितहरुले दबाबमा भए पनि प्राविधिक रुपमा यी कारोबारहरु आफैँलाई अधिकृत गर्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS