IME Life New

पुराना अभिकर्तालाई राहात, लाइसेन्स नवीकरण गर्दा एसईई उत्तीर्ण भए पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियमावली, २०८१ मार्फत पुराना अभिकर्तालाई राहात दिइएको छ।

हालै मन्त्रिपरिषदबाट स्वीकृत भएको बीमा नियमावलीमार्फत पुराना अभिकर्ताको लाइसेन्स नवीकरणमा राहात दिइएको हो। बीमा क्षेत्रमा नियमावलीमार्फत अभिकर्ता बन्न तथा लिइसकेको लाइसेन्स नवीकरण गर्दा कम्तीमा १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था ल्याउन लागिएको भन्दै निकै विरोध र बहस भएको थियो। तर, नियमावलीमा हाल माध्यमिक तह (एसईई)सम्मको अध्ययन पूरा गरेकाहरुको लाइसेन्स नवीकरण गर्दा सोही तहको अध्ययन पूरा गरेको भए पुग्ने व्यवस्था गरिएको छ।

Esewa
Crest

बीमा ऐनमा बीमा अभिकर्ताको इजाजतपत्र (लाइसेन्स) प्राप्त गरिसकेको अभिकर्ताको हकमा न्यूनतम शैक्षिक योग्यता माध्यमिक शिक्षा परीक्षा (एसईई) वा सोसरह हुने भनिएको छ। त्यस्ता अभिकर्ताको लाइसेन्स नवीकरण गर्दा वा नवीकरण गर्न छुट दिई नयाँ इजाजतपत्र लिँदासमेत न्यूनतम शैक्षिक योग्यता एसईई वा सोसरह नै हुने नियमावलीमा व्यवस्था गरिएको छ।

यसैगरी अब बीमा अभिकर्ता बन्न भने १२ कक्षा उत्तीर्ण भएको अनिवार्यता गरिएको छ। नियमावलीमा मान्यता प्राप्त संस्था वा बोर्डबाट दस जोड दुई वा प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण मात्रै बीमा अभिकर्ताको लाइसेन्स पाउन योग्य हुने व्यवस्था गरिएको छ।

अभिकर्ताको लाइसेन्स लिन प्राधिकरण, बीमक वा प्राधिकरणबाट मान्यताप्राप्त संस्थाबाट बीमासम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ। लाइसेन्स पाउन बीमा अभिकर्ताको परीक्षा पनि उत्तीर्ण गर्नुपर्नेछ।

त्यस्तै प्राधिकरण वा बीमकले कालोसूचीमा नराखेको र प्रचलित कानुनबमोजिम करार गर्न योग्य व्यक्ति अभिकर्ता बन्न पाउनेछन्।

यसैगरी प्राधिकरणले बीमा ऐन र नियमावलीबमोजिम कारबाही गरेको व्यक्ति त्यसरी कारबाही गर्ने निर्णय भएको मितिले ३ वर्षको अवधि पूरा नहुँदै बीमा अभिकर्ता हुन योग्य मानिने छैन। संस्थागत अभिकर्ताको हकमा सम्बन्धित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा कुनै एक उच्च व्यवस्थापकको योग्यता भएको हुनुपर्नेछ। तोकिएको योग्यता कायम नभएसम्म संस्थागत अभिकर्ताको इजाजतपत्र स्वतः रद्द हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS