IME Life New

बाढी प्रभावितलाई राहतः सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा पठाउँदा शुल्क नलाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भएको छ । नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने बताएको छ ।

कम्पनीले विपद्को यस घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै यस्तो व्यवस्था गरेको हो ।

Esewa
Crest

अब खाडी मुलुकका संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, कुवेत र ओमान लगायातबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क नलाग्ने भएको छ। यता, एसिया–प्रशान्त क्षेत्रका जापान, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियाबाट पनि निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध हुनेछ।

युरोपका बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्समा रहेका नेपालीले समेत यो सुविधाको लाभ लिन सक्नेछन् । ओसनिया क्षेत्रमा रहेको न्युजिल्यान्डबाट नेपाल पैसा पठाउँदा पनि सेवा शुल्क नलाग्ने बताइएको छ ।

विश्वभर फैलिएका सिटी एक्सप्रेस तथा यसका अन्य अन्तर्राष्ट्रिय च्यानलमार्फत पनि यो निःशुल्क सुविधा लागू गरिएको छ । यसबाट धेरै मुलुकमा रहेका नेपालीले नेपालमा रहेका आफ्ना परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई आर्थिक सहयोग पठाउन सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS