IME Life New

अन्तर्राष्ट्रिय अभ्यासलाई अनुशरण गर्दै नियामकीय क्षमता अभिवृद्धि गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अन्तर्राष्ट्रिय अशल अभ्यासलाई अनुशरण गर्दै नियामकीय क्षमता अभिवृद्धि गर्ने र आन्तरिक संरचनालाई सुदृढ बनाउने बताएको छ । आज आर्थिक वर्ष २०८२ /८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।

International Association of Insurance Supervisors (IAIS) ले प्रतिपादन गरेको Insurance Core Principles को कार्यान्वयनको अवस्था बारे समिक्षा गर्ने, प्राधिकरणको क्षमता विकासका लागि अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सम्बन्ध अभिवृद्धि गर्ने जनाइएको छ ।

Esewa
Crest

साथै, कर्मचारी तालिम तथा विकास सम्बन्धी दिग्दर्शन बनाई लागू गर्ने, प्राधिकरण तथा बीमकको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने र प्राधिकरणका प्रादेशिक कार्यालय र बीमकका प्रदेश, शाखा र उपशाखा कार्यालयलाई थप सुदृढ बनाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS