IME Life New

आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, स्वास्थ्य निगरानीका आधुनिक सुविधा र लामो समयसम्म चल्ने ब्याट्रीसहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक गरेको छ। यस सिरिजअन्तर्गत रेड्मी वाच–६, रेड्मी वाच–६ लाइट र रेड्मी वाच–६ एक्टिभ गरी तीनवटा मोडल रहेका छन्।

सिरिजको प्रमुख मोडल रेड्मी वाच–६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसको अधिकतम चमक २,००० निट्ससम्म पुग्छ। प्रिमियम आल्मुनियम एलोय फ्रेमसहितको यस स्मार्टवाचमा सामान्य प्रयोगमा २४ दिनसम्म चल्ने ब्याट्री रहेको छ। डुअल Dual L1 5-system GNSS, विभिन्न स्वास्थ्यसम्बन्धी निगरानी सुविधा तथा दुईवटा बटनमार्फत सहज सञ्चालन गर्न सकिने सुविधाले यसलाई दैनिक प्रयोगका लागि उपयोगी बनाएको छ। साथै, ५ एटीएम पानी प्रतिरोधी क्षमताका कारण पानीको सम्पर्कमा आउँदा पनि यसको सुरक्षा कायम रहन्छ।

Esewa
Crest

त्यसैगरी, रेड्मी वाच–६ लाइट मा १.९६ इन्चको एमोलेड डिस्प्ले र १,५०० निट्ससम्मको अधिकतम चमक रहेको छ। ५ एटीएम पानी प्रतिरोधी क्षमतासहितको यस स्मार्टवाचमा ब्लुटुथ कलिङ, १५० भन्दा बढी खेलकुद मोड, विभिन्न स्याटेलाइट प्रणालीमा आधारित स्थान पहिचान, ९–अक्षीय गति मापन सेन्सर तथा व्यावसायिक पौडी मोडलगायतका सुविधा छन्। ४७० एमएएच क्षमताको ब्याट्रीले सामान्य प्रयोगमा १८ दिनसम्म साथ दिने कम्पनीले जनाएको छ। यसमा मुटुको धड्कन मापन गर्ने सेन्सर, प्रकाश सेन्सर र एक्सेलेरेसन सेन्सरलगायतका सुविधासमेत रहेका छन्।

रेड्मी वाच–६ एक्टिभ मा १.८५ इन्चको एमोलेड डिस्प्ले र १,२०० निट्ससम्मको अधिकतम चमक रहेको छ। लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी यसमा आईपी६८ धुलो तथा पानी प्रतिरोधी क्षमता दिइएको छ। ९.९ मिलिमिटरको पातलो र हलुका फ्ल्याट–एज डिजाइन तथा सजिलै फेर्न मिल्ने स्ट्र्यापका कारण यो दैनिक प्रयोगमा आरामदायी रहेको छ। यसमा ब्लुटुथ कलिङका साथै दिनभर मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा (SpO₂) र तनावको निगरानी गर्ने सुविधा पनि रहेको छ। सामान्य प्रयोगमा यसको ब्याट्री १८ दिनसम्म चल्ने कम्पनीले जनाएको छ।

रेड्मी वाच–६ ग्लेसियर ब्लु, अब्सिडियन ब्ल्याक र सिल्भर ग्रे रङमा उपलब्ध छ। यसको मूल्य रु. २०,४९९ तोकिएको छ। त्यसैगरी, रेड्मी वाच–६ लाइट ब्ल्याक र स्टिल ग्रे रङमा उपलब्ध छ, जसको मूल्य रु. १४,९९९ रहेको छ। रेड्मी वाच–६ एक्टिभ भने मिडनाइट ब्ल्याक, म्याट सिल्भर र सनसेट ओरेन्ज रङमा उपलब्ध छ र यसको मूल्य रु. १०,९९९ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS