IME Life New

आजबाट ‘आरबीबी फोकस ४०’का इकाइ बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘आरबीबी फोकस–४०’का इकाइ आज भदौ १८ गतेदेखि बिक्री खुला गरिने भएको छ।

योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले उक्त म्युचुअल फन्डको १० रुपैयाँ अंकितदरमा कुल १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गर्न लागेको हो। कुल इकाइमध्ये न्यूनतम १ करोड ४० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १४ प्रतिशत इकाइ कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १ प्रतिशत इकाइ योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

यस योजनामा न्यूनतम १०० देखि १ करोड इकाइसम्म आवेदन दिन सकिनेछ। यो योजनाको निष्कासन बन्द छिटोमा भदौ २२ गते र ढिलोमा असोज १ गते बैंकिङ समयपछि हुनेछ।

यो १२ वर्षे अवधिको योजना हो। यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

यस योजनाका इकाइ जारी गर्नका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कोष प्रबर्द्धकलाई केयर एनपी ‘ए प्लस’ इस्युअर रेटिङ प्रदान गरेको छ। योजना व्यवस्थापकलाई भने इक्रा नेपालले इक्राएनपी एएमसी ‘क्वालिटी ३’ रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS