काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा झन्डै तेब्बर मतले अग्रता लिइरहेका छन्।
मत गणनाको पछिल्लो परिणामअनुसार सभापति लामिछानले अहिले ६ हजार ७०० मत ल्याएका छन्। हालसम्म त्यहाँ १४ हजार २२ मत गणना भइसकेको छ।
लामिछानेका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे देखिएका छन्। उनले २ हजार ३२९ मत ल्याएका छन्।
तेस्रोमा नेपाली कांग्रेसकी मीना खरेल छिन्। उनले अहिलेसम्म २ हजार ३२२ मत ल्याएकी छन्।












