IME Life New

रसुवा बाढीमा १८ जना सम्पर्कविहीन, दुई आयोजनाको विद्युत उत्पादन बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले रसुवामा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । बाढीमा फसेका ९ जनाको उद्धार भएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै भोटेकोशी नदीमा आएको बाढीले गोसाइकुण्ड–२ स्थित रसुवागढीमा ठूलो भौतिक क्षति पुगेको छ। बाढीले ३ जना प्रहरी कर्मचारी, ९ जना नेपाली र ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन्।

Esewa
Crest

बाढीले ईभी चार्जिङ स्टेसनमा क्षति भएको छ भने ७–८ वटा ईभी गाडी बगाएको छ।

बाढीले १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बाँधको एउटा गेट बगाएको छ। यो परियोजनाको पुलमा पनि क्षति पुगेको छ।

यसैगरी ६० मेगावाट क्षमताको त्रिशूली ३ए आयोजनाको भवनमा बाढी पसेको छ। यी दुवै आयोजनाको विद्युती उत्पादन बन्द भएको छ।

बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल पूर्ण रुपमा क्षतिग्रत भएको छ । मानिस र सवारीसाधनमा आगतजावत ठप्प भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS