काठमाडौं । रसुवा बाढीमा रसुवागढी भन्सारमा कार्यरत ११ सम्पर्कविहीन बनेका छन्।
भन्सारमा ३६ जनाको स्थायी दरबन्दी रहेको छ भने ४ जना अस्थायी र करारमा कार्यरत छन्। अर्थ मन्त्रालयका अनुसार हालसम्म प्रमुख भन्सर प्रशाशक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन्।
यसैगरी करार र ज्यालादारीमा कार्यरतमध्ये १ जना सम्पर्कमा आएका छन्।
बाँकी ११ जना स्थायी कर्मचारी र ३ जना करार तथा ज्यालादारी कर्मचारीबारे खोजी जारी रहेको मन्त्रालयले जनाएको छ।












