IME Life New

कांग्रेसको भन्दा रास्वपाको समानुपातिक मत ३३.७०% बढी, कसले कति पाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको मत नेपाली कांग्रेसको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भन्दा करिब ३४ प्रतिशत बढी देखिएको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म समानुपातिकतर्फ ८१ लाख २२ हजार ८८९ मत गणना भइसकेको छ। त्यसमध्ये रास्वपा एक्लैले ३९ लाख १६ हजार ५०२ मत पाएको छ। जुन कांग्रेसको भन्दा ३३.७० प्रतिशत बढी हो। कांग्रेसले हालसम्म १३ लाख १९ हजार ८७९ मत प्राप्त गरेको छ।

Esewa
Crest

यसैगरी नेकपा एमाले ११ लाख १९ हजार ८४१ मत र नेकपाले ५ लाख ७६ हजार १०६ मत प्राप्त गरेका छन्।

उता श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ राप्रपालाई उछिनेको छ। श्रम संस्कृति पार्टीले २ लाख ८४ हजार ५८३ मत प्राप्त गर्दा राप्रपाले २ लाख ७१ हजार ९३७ मत पाएको छ।

त्यस्तै जनता समाजवादी पार्टीले १ लाख २१ हजार ५९२ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १३ हजार ६५१ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS