काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षमा अन्य दलका तुलनामा ठूलो संख्यामा जित हासिल गरेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म १५६ क्षेत्रको अन्तिम नतिजा आएको छ। त्यसमध्ये रास्वपा एक्लैले १२० क्षेत्रमा विजय हासिल गरेको छ। रास्वपाका उम्मेदवारहरुले अझै ५ क्षेत्रमा अग्रता लिइरहेका छन्।
दोस्रो धेरै जित निकाल्नेमा नेपाली कांग्रेस रहेको छ। विभिन्न १७ क्षेत्रमा कांग्रेसका उम्मेदवार विजय भएका छन्। नेकपा एमालेले ७ क्षेत्रमा जित हासिल गर्दा नेकपाले पनि ७ क्षेत्रमै विजयी भएको छ। हाल एमालेका उम्मेदवारले ३ स्थानमा अग्रता लिइरहेको छ। बाँकी रहेका क्षेत्रमा कांग्रेस र नेकपाका उम्मेदवार पछि परेका छन्।
उता श्रम संस्कृति पार्टीले ३, राप्रपा र स्वतन्त्रले १–१ सिट जितेका छन्।












