IME Life New

राष्ट्रिय वाणिज्य बैंक ई-कमर्स कारोबारको लागि एनसीएचएलको ईएफटीमा आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा राष्ट्रिय वाणिज्य बैंकले ई-कर्मस कारोवारमा 3D Secure ACS सेवा सुचारु गरेको छ । यस सेवाको शुरुवात पश्चात् राष्ट्रिय वाणिज्य बैंकको डेबिट र क्रेडिट कार्डहोल्डरहरुले थप सुरक्षित तरिकाले ई-कमर्स कारोबार गर्न सक्नेछन् ।

3D Secure ACS सोलुसन ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकको पहिचान तथा इत्ए पुष्टि गर्ने एक सुरक्षित माध्यम हो । उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरुले आफ्नो कार्डमा एकपटक उक्त feature enable गर्नुपर्ने हुन्छ । बैंकको यो पहलले बढ्दो ई-कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरुलाई अनलाइन कारोवार गर्न थप प्रोत्साहन गर्ने बैंकको विश्वास रहेको छ ।

Esewa
Crest

NCHL-EFT  सेवा अन्तर्गत ACS का साथै विभिन्न network scheme को कार्ड जारी गर्ने, कारोबार acquire गर्ने, कारोबार processing तथा settlement, ई-कर्मस payment गेटवे, कार्ड personalization जस्ता कार्ड सम्बन्धी सेवाहरु आफ्नो सदस्य बैंक वित्तिय संस्थाहरुलाई दिदै आएको छ ।

हाल राष्ट्रिय वाणिज्य बैंकको साथै एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी बिकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राईम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुका कार्ड एनसीएचएलको ACS solution मार्फत ई-कर्मस कारोवार गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS