IME Life New

मौद्रिक समीक्षा आजै ल्याउने तयारीमा राष्ट्र बैंक, साँझ साढे ५ बजे बोर्ड बैठक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आजै साँझ ल्याउने तयारी गरिरहेको छ।

केन्द्रीय बैंकका सहायक सूचना अधिकारी डा भागवत आचार्यले मौद्रिक समीक्षा आजै साँझसम्म ल्याउने तयारी भइरहेको बताए। ‘कथमकदाचित केही अड्चन आएन भने आजै साँझ मौद्रिक समीक्षा आउँछ’, उनले भने।

Esewa
Crest

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले समीक्षा तयार गरेर व्यवस्थापन समितिमा पठाइसकेको छ। व्यवस्थापन समितिबाट पनि समीक्षामाथि लगभग छलफल सकेर आजै राष्ट्र बैंकको सञ्चालक समितिमा पठाइनेछ।

आज साँझ साढे ५ बजे सञ्चालक समितिको बैठक डाकिएको आचार्यले जानकारी दिए। ‘सम्भवतः त्यही बैठकले पारित गरेपछि मौद्रिक समीक्षा सार्वजनिक हुनेछ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS