IME Life New

राष्ट्र बैंक भन्छ-‘अनधिकृत कारोबारबारे तत्काल जानकारी गराऔँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबारबारे तत्काल जानकारी गराउन आग्रह गरेको छ।

केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘डिजिटल वित्तीय सेवा जति आधुनिक हुँदै गएको छ, वित्तीय ठगी र अपराधका शैली पनि त्यति नै फरक, नयाँ र जटिल बन्दै गएको छ’, सूचनामा भनिएको छ, ‘तपाइँले आफ्नो मोबाइल वा ई–मेलमा आएको ओटीपी आफ्नो व्यक्तिगत उपकरण (मोबाइल, कम्प्युटर, एटीएम आदि) तथा ई–मेलको पासवर्ड कसैलाई सेयर गरेको अवस्थामा त्यस्तो व्यक्तिले तपाइँको बैंक खाताबाट अनधिकृत कारोबार गर्न सक्छ र तपाइँ वित्तीय ठगीमा पर्न सक्नुहुन्छ। यस्तो अवस्थामा कहाँ र कसलाई खबर गर्ने भन्ने जानकारी लिनु भएको छ ?’

Esewa
Crest

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगका लागि कस्टमर सपोर्ट टिमको व्यवस्था गरेका हुन्छन्। ‘कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाइमा खबर गर्नुपर्दछ’, केन्द्रीय बैंकले भनेको छ, ‘वित्तीय ठगीमा संलग्न हुनेहरूले छोटो समयमा धेरै खाताहरुमा रकमान्तर गर्ने भएकाले जति समय खर्च भयो त्यस्तो कारोबारको पहिचान गर्न त्यति नै कठिन हुँदै जान्छ। तसर्थ, आफू वित्तीय ठगीमा परेको वा आफ्नो खाताबाट अनधिकृत वित्तीय कारोबार भएको भेटिएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराई सम्भावित थप नोक्सानीबाट जोगिऔँ।’

अनधिकृत वित्तीय कारोबारको यथाशीघ्र जानकारी गराई सम्भावित थप ठगीबाट जोगिन राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS