IME Life New

डिजिटल वित्तीय सेवाको प्रवर्द्धन गर्न राष्ट्र बैंकले ल्याउँदैछ रेगुलेटरी स्याण्डबक्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवामा डिजिटल प्रविधिको प्रयोगलाइ प्रवर्द्धन गर्न रेगुलेटरी स्याण्डबक्स सम्बन्धि अवधारणा नेपालमा पनि कार्यान्वयन गर्ने भएको छ।

राष्ट्र बैंकले ‘गाइडलाइन्स अन द रेगुलेटरी स्यान्डबक्स’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव मागेको छ ।

Esewa
Crest

राष्ट्र बैंकले सार्वजनिक गरेको निर्देशिकाको मस्याैदामा सूचना प्रविधिको माध्यमबाट वित्तीय सेवा प्रदान गर्ने फिनटेक कम्पनीले नविनत्तम उत्पादनहरू राष्ट्र बैंकको निगरानीभित्र रहेर निश्चित समय र मापदण्डभित्र परिक्षण गर्न पाउने प्रावधान प्रस्ताव गरिएको हो।

यो निर्देशिका कार्यान्वयनमा अाएपपछि डिजिटल माध्यमबाट सेवा प्रवाह गर्ने बैंक, वित्तीय संस्थासँगै फिनटेक कम्पनीले पनि ग्राहक पहिचान, भुक्तानी सेवा, द्रूत अावेदन प्रशोधन लगायतका क्षेत्रमा नयाँ सेवा र प्रविधिको परिक्षण र प्रयोग गर्ने बाटो खुल्नेछ।

वित्तीय सेवा र सूचना प्रविधिको संयोजनका माध्यमबाट वित्तीय सेवा प्रदान गर्ने कम्पनीलाइ फिनटेक कम्पनीका रूपमा पहिचान गरिन्छ।

एक पटकमा अधिकत्तम ६ महिनासम्मको परिक्षणका लागि पूर्व स्वीकृति दिइने सेवाको सफल परिक्षण पछि नेपाल राष्ट्र बैंक र अन्य सम्बद्ध निकायबाट पूर्ण स्वीकृति प्राप्त गर्नुपर्नेछ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक वित्तीय संस्था, डिजिटल भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, विप्रेषण सेवा प्रदायकसँगै नवीन वित्तीय प्रविधिको क्षेत्रमा संलग्न फिनटेक कम्पनीहरूले समेत यसमा सहभागी हुन पाउनेछन् ।

राष्ट्र बैंकले डिजिटल करेन्सी, क्रिप्टोकरेन्सी, केन्द्रीय बैंकको डिजिटल मुद्रा, अनलाइन बेटिङ तथा गेमिङजस्ता उत्पादन छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS