IME Life New

राष्ट्र बैंकले जारी गर्‍यो अपेक्षित ऋण नोक्सानी सम्बन्धि संशोधित निर्देशिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका लागि अपेक्षित ऋण नोक्सानी सम्बन्धि संशोधित निर्देशिका जारी गरेको छ।

राष्ट्र बैंकले एनएफआरएस नवाैंको प्रावधानहरू गत आर्थिक वर्ष २०८१।८२ को वित्तीय प्रतिवेदन देखि नै लागू गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

Esewa
Crest

बैंक वित्तीय संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापकीय तहको निहित जिम्मेवारी भएपनि वित्तीय प्रतिवेदनमा एकरूपता कायम गर्नका लागि राष्ट्र बैंकले अपेक्षित ऋण नोक्सानी सम्बन्धमा एनएफआरएस नवाैंको प्रावधान लागू गर्न निर्देशिकाको मस्याैदा जारी गरेको हो।

इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट्स अफ नेपाल(आइक्यान)ले १७ जुलाई २०२१ देखि नै लागू गर्ने भनि घोषणा गरेको भएपनि कोरोना महामारी, सीमित समय सीमा र प्राविधिक विज्ञताको अभाव लगायतका कारण लागू हुन नसकेपछि एनएफआरएस नवाैै आर्थिक वर्ष २०८०।८१ सम्म स्थगन गरिएको थियो।  ओ

अन्तर्राष्ट्रिय असल अभ्यास र विभिन्न देशको नियामकले जारी गरेको निर्देशिकामा आधारित रहेर यो निर्देशिका जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

यी निर्देशिकाहरू जारी गर्नु अघि नै नोक्सानी मापनको लागि अपेक्षित ऋण नोक्सानी नमूना एनएफअारएस नाइन (वा यसको समकक्ष आइएफआरएस नाइन) लागू गरिसकेका बैंक तथा वित्तीय संस्थाहरूले, अन्य क्षेत्राधिकारद्वारा अनिवार्य रूपमा, यस निर्देशिकामा उल्लिखित प्रावधानहरूबाट कुनै पनि भिन्नता हुने भएमा बैंक तथा वित्तीय संस्था नियमन विभाग, नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्छ। स्वीकृति लिंदा  निर्देशिकाको प्रावधानहरूको पालना गर्ने सम्बन्धमा विस्तृत कार्यान्वयन समयरेखाको पनि उल्लेख गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS