IME Life New
GBIME

राष्ट्र बैंकद्वारा ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन, यी ६ विषयमा सुझाव दिनुपर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार सुदृढीकरणका लागि सुझाव दिन ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको छ।

केन्द्रीय बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले डा रेवतबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेका हुन्।कार्यदलको सदस्यमा भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्यसचिव रहेका छन्।

Crest

कार्यदललाई सुझाव पेस गर्न एक महिनाको समयावधि दिइएको छ।

कार्यदलले यी विषयमा सुझाव दिनुपर्ने

  • बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा ।
  • आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।
  • ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।
  • बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ।
  • नेपाललाई ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा ।
  • पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS