IME Life New

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक श्रृंखला असार १९ गते देखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुने छ ।

‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलो पटक सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेसनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत गरिएको यस श्रृंखलाको संगीत रविन्द्र जैनले संयोजन गरेका थिए ।

Esewa
Crest

‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक संख्या प्राप्त गर्दै इतिहास रचेको थियो । बीबीसीका अनुसार, ‘रामायण’ ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको श्रृंखला हो । यस श्रृंखलाको पुनःप्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूमा पनि भएको थियो । ‘रामायण’ ले २०२० मा कोरोना लकडाउनको समयमा पुनः प्रसारण हुँदा एकै दिन ७.७ करोड दर्शक संख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान राखेको थियो ।

डिशहोमका ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखि डिशहोमले विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु प्रसारण गर्ने गरेको छ । यसै क्रममा डिशहोमको ग्राहकहरुले यस ऐतिहासिक र आध्यात्मिक कथा नेपाली भाषामा आफ्नै च्यानल रमाइलो टिभीमा हेर्न पाउनुहुनेछ । हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरुको लागि मात्र उपलव्ध रहेको छ । आजै डिशहोम जडान गरेर डिशहोमको ग्राहक बनि अन्य कुनै माध्यममा उपलव्ध नरहेको विभिन्न कार्यक्रमहरुको मज्जा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS