IME Life New

राजु रायमाझीको उपन्यास ‘रिमा’ लोकार्पण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लेखक राजु रायमाझीको पहिलो उपन्यास ‘रिमा’ एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ। कार्यक्रममा नइ एकेडेमीकी कुलपति तथा त्रिमूर्ति निकेतन एवं बानिरा फाउन्डेशनकी अध्यक्ष इन्दिरा प्रसाईँ प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

शिमल बुक्सद्वारा प्रकाशित उक्त कृतिको संयुक्त रूपमा प्रमुख अतिथि इन्दिरा प्रसाईँ, लेखककी आमा रमा रायमाझी, साहित्यकार वासुदेव अधिकारी, हरिशरण मजगलनबलब ले विमोचन गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा वक्ताहरूले ‘रिमा’ ले समकालीन समाजका संघर्ष, सपना, प्रेम, सफलता र मानवीय संवेदनालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको उल्लेख गर्दै नयाँ पुस्ताका स्रष्टा राजु रायमाझीको साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए।

लेखक राजु रायमाझी हाल नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले भारतको University of Mysore बाट एमबीए तथा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर (एमए) गर्नुभएको छ। नबिल बैंक र नेपाल राष्ट्र बैंकमा गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा आठ वर्षभन्दा बढीको अनुभव हासिल गर्नुभएका उहाँसँग KIST College of Management, College of Applied Business तथा Pushpalal Memorial College मा वित्त तथा व्यवस्थापनसम्बन्धी विषय अध्यापन गरेको अनुभव पनि छ।

बैंकिङ पेशासँगै साहित्य सिर्जनामा सक्रिय रायमाझीका कविता साहित्यपोस्टमा, ‘रारालाई नियाल्दा’ नियात्रा मिर्मिरे साहित्यिक पत्रिकामा तथा ‘बैंकर डायरी’ कथा सेतोपाटीमा प्रकाशित भइसकेका छन्।

शिमल बुक्सद्वारा प्रकाशित ‘रिमा’ उपन्यासको सफ्ट कभर संस्करणको मूल्य रु ४५० तथा हार्ड कभर संस्करणको मूल्य रु. ५५० निर्धारण गरिएको प्रकाशकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS