IME Life New

सुक्खाग्रस्त मधेश प्रदेशमा आजदेखि वर्षा हुने पूर्वानुमानले आशाको सञ्चार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मधेशमा आज बिहीबारदेखि वर्षा हुने जानकारी दिएको छ।

यो वर्षको मनसुन सिजनमा समेत वर्षा नभएपछि सरकारले बुधबार मधेशका ८ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

Esewa
Crest

महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कमजोर रहे पनि मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेका कारण रातिदेखि मधेशमा पानी पर्न सक्ने पर्ने सम्भावना रहेको छ।

कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

बिहान कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

मधेशमा वर्षा नहुँदा वीरगन्ज महानगरपालिका र बारा जिल्लाको केही क्षेत्रका बासिन्दा पानीको हाहाकारको अवस्थाबाट गुज्रिरहेका छन्। जिल्ला सुरक्षा समितिले सेनाको सहयोगमा दमकलमार्फत सुक्खाग्रस्त क्षेत्रमा पानी वितरण गर्नुपरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले भारी वर्षाको सम्भावना रहेको स्थानमा उच्च सतर्कता अपनाउन सार्वजनिक रुपमा अनुरोध गरेको छ।

खेतबारी सुक्खा भएकाले मधेशको अधिकांश जिल्लाका किसानले धानबाली लगाउन पाएका छैनन् । भूमिगत स्रोतको पानीसमेत सुकेकाले चापाकलमा पानी आउन छोडेको छ। दिनचर्याका लागि अत्यावश्यक पानीकै लागि सहरी क्षेत्रका उपभोक्ता दिनभरजसो तनावमा रहनुपर्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS