IME Life New

बोइङले पायो हालसम्मकै ठूलो अर्डर, कतार एयरवेजले १६० वटा विमान किन्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी एयरोस्पेस कम्पनी बोइङले कतार एयरवेजबाट ठूलो अर्डर प्राप्त गरेको छ। यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता मानिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोहा भ्रमणका क्रममा यो सम्झौता भएको थियो। सम्झौताअनुसार कतार एयरवेजले बोइङबाट २०० अर्ब डलरभन्दा बढीमा १६० वटा विमान किन्नेछ।

Esewa
Crest

योसँगै ट्रम्पले दोहामा कतारका अमिरसँग धेरै सम्झौतामा हस्ताक्षर गरे। ‘यो २०० अर्ब डलरभन्दा बढीको सम्झौता हो र यसमा १६० जेटहरु समावेश छन्’, ट्रम्पले भने, ‘यो एकदमै राम्रो हो र यो बोइङको इतिहासमा जेटहरुका लागि सबैभन्दा ठूलो अर्डर हो। यो त ठूलो कुरा हो।’

सम्झौतामा रक्षा सहयोग पनि समावेश छ। कतारले अब अमेरिकाबाट एमक्यू–९बी ड्रोन पनि किन्नेछ। खाडी मुलुक कतारले ट्रम्पलाई ४० करोड डलरबराबरको विलासी जेट उपहार दिने प्रस्ताव गरेपछि अमेरिका र कतारबीचको सम्बन्ध हालै चर्चामा आएको छ। यो विमान पहिले एयरफोर्स वानका रुपमा प्रयोग गरिन्थ्यो तर अब यो ट्रम्पको व्यक्तिगत प्रयोगका लागि हुने भनिएको छ।

कतारको शाही परिवारलाई संसारकै धनी परिवारमध्ये एक मानिन्छ। यस परिवारको कुल सम्पत्ति ३३५ अर्ब डलर छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS