IME Life New

बच्चालाई ‘किट क्याट’ खान दिंदा कतार एयरवेजसँग अभिभावकले मागे रू ७१ करोड क्षतिपूर्ती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वप्रसिद्ध वायू सेवा प्रदायक कम्पनी, कतार एयरवेजको विमान परिचारिकाको लापरवाहीका कारण एक बालिका गम्भीर बिरामी परेपछि सेवा प्रदायकले ५० लाख अमेरिकी डलर(७० करोड ९० लाख रूपैयाँ) क्षतिपूर्तीको मुद्दा खेप्नु परिरहेको छ।

चार तीन दिन मात्र दर्ता भएको मुद्दाको बारेमा स्न्याक्स सेफ्टी डटकमले लेखेको छ, उत्तरी क्यारोलिनाकी एक आमाले कतार एयरवेज विरुद्ध ५ मिलियन डलरको मुद्दा दायर गरेकी छिन्, जसमा एक उडान परिचारिकाले आफ्नी तीन वर्षीया छोरीको गम्भीर दुग्धजन्य खाद्य पदार्थको एलर्जीको बारेमा पटक पटक दिइएको चेतावनीलाई बेवास्ता गरेको र बच्चीलाई किटक्याट चकलेट खुवाएको दाबी गरिएको छ, जसले गर्दा उनको जीवनलाई खतरामा पार्ने एनाफिलेक्टिक प्रतिक्रिया भएको छ।

Esewa
Crest

अल्बानियास्थित टियाना एयरपोर्टकी दूत युएण्डी बुल्कुले लिङ्कडइन प्रोफाइलमा शनिबार साझा गरेको जानकारी अनुसार, अमेरिकाको राजधानी वाशिंगटनस्थित डल्स विमानस्थलबाट कतारको दोहाका लागि उडेको विमानमा आफ्नी आमासँगै यात्रा गरिरहेकी ३ वर्षीया बालिकालाई चकलेट खाजा दिइएपछि बालिकालाई गम्भीर एलर्जी भएको थियो। बालिकाको आमाले विमान परिचारिकालाई छोरीका लागि दुग्धजन्य र  आफ्नी आमाले डेरी र बदामबाट हुने एलर्जीको बारेमा बारम्बार चेतावनी दिए पनि परिचारिकाले हेलचक्रयाइँ गर्दै ती नानीलाइ चकलेट दिएकी थिइन् । यो घटना गत अप्रिल ९ मा वाशिंगटन डल्स अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा, कतारको लागि उडान, QR710 को समयमा भएको थियो।

निरुकोन्डाको तर्फबाट अमेरिकाको भर्जिनियास्थित अलेक्जान्ड्रियाको संघीय अदालतमा मुद्दा दायर गरिएको छ। समाचारमा दिइएको जानकारी अनुसार, उडानका क्रममा बालिकाको आमा निरुकोन्डाले शौचालय गएका बेला एक उडान परिचारिकाले हेरचाह गर्ने क्रममा ती बालिकालाई खुशी पार्न चकलेख खुवाउँदा यो घटना हुन पुगेको थियो।

ती बालिकाको अवस्था एक्कासी बिग्रिए पनि तत्कालै आमाले देखाएको सकृयता र औषधीले जहाजभित्र बालिकाको अवस्था स्थिर बनाएपनि विमान अवतरण लगत्तै उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो। गम्भीर अवस्थाका कारण ती बालिबालाई दुई दिनसम्म सघन उपचार कक्षमा उपचार गरिएको थियो।

हवाइ उड्ययन सुरक्षाबारे जानकार युएण्डी बुल्कुले घटना प्रति टिप्पणी गर्दै भनेकी छिन्, यो खाजामा दिइएको चकलेट वा एलर्जीको विषय मात्र होइन, यात्रुहरूले ३५,००० फिटको उचाइँमा चालक दलका सदस्यहरूको हातमा राख्ने नाजुक विश्वासको कथा हो। उडान सुरक्षा केवल इन्जिन, पखेंटा, वा जहाजको अस्थिरतामात्र होइन – यो विषय भनेको सुरक्षा सावधानीबारे ध्यानपूर्व सुन्ने, सम्पूर्ण प्रकृयाहरू पालना गर्ने र हामीमध्ये सबैभन्दा कमजोरलाई जोगाउने बारे हो।

कुनै बेला विमान परिचारिका समेत रही सकेकी बुल्कुले भन्छिन्, जमिन र अाकाश दुबैमा काम गरिसकेपछि, मैले देखेको छु कि कसरी जागरूकताको एक क्षण, वा फुत्केको क्षणले, सबै कुरा परिवर्तन गर्न सक्छ। उड्डयनमा, हरेक परिक्षण सूची महत्त्वपूर्ण छ,र मानवीय तत्व पनि उत्तिक्कै महत्वपूर्ण ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

80%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS