IME Life New

कतार एयरवेजले पायो विश्वकै उत्कृष्ट एयरलाइन्सको उपाधि, शीर्ष १० मा अरु कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कतार एयरवेजले वर्ष २०२५ को विश्वकै उत्कृष्ट एयरलाइन्सको उपाधि हासिल गरेको छ।

स्काईट्रयाक्सले फ्रान्सको पेरिसमा मंगलबार आयोजना गरेको पेरिस एयर शोमा विश्वकै उत्कृष्ट एयरलाइन्सको अवर्डा कतार एयरवेजलाई प्रदान गरेको हो। कार्यक्रममा विश्वभरका एयरलाइन्स कम्पनीहरुका ५०० भन्दा बढी आगन्तुकको सहभागिता थियो।

Esewa
Crest

कार्यक्रममा सिंगापुर एयरलाइन्सलाई विश्वकै दोस्रो र क्याथे प्यासिफिकलाई तेस्रो उत्कृष्ट एयरलाइन्स घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो।

कतार एयरवेजले योसहित ९ पटक यो अवार्ड पाइसकेको छ। प्रतिस्पर्धी उड्डयन परिदृश्यमा उत्कृष्ट सेवा र नवीनतम प्रविधिको प्रयोगलाई जोड दिएको कतार एयरवेजले विश्वकै उत्कृष्ट एयरलाइन्सको उपाधि हात पारेको हो।

स्काईट्रयाक्सले यो वर्ष विश्वका ३२५ वटा एयरलाइन्सको मूल्यांकन गरेको थियो। सिंगापुरले एसियाकै उत्कृष्ट एयरलाइन्स र उत्कृष्ट चालक दलको अवार्ड पनि हात पारेको छ। त्यस्तै क्याथे प्यासिफिकले उत्कृष्ट इनप्लाइट इन्टरटेन्टमेन्ट र टर्किस एयरलाइन्सले युरोपकै उत्कृष्ट एयरलाइन्सको अवार्ड हात पारेका छन्।

यी हुन् विश्वका उत्कृष्ट १० एयरलाइन्स

  • कतार एयरवेज
  • सिंगापुर एयरलाइन्स
  • क्याथे प्यासिफिक
  • इमिरेट्स
  • एएनए अल निप्पोन एयरवेज
  • टर्किस एयरलाइन्स
  • कोरियन एयर
  • एयर फ्रान्स
  • जापान एयरलाइन्स
  • हाइनान एयरलाइन्स

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS