IME Life New

चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै पियोर इनर्जी, कति कित्तासम्म भर्न पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आगामी चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले गत फागुन २० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि अब भने सर्वसाधारणमा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोडमध्ये २ प्रतिशत अर्थात एक करोड ६० लाख रकम बराबरको १ सय रुपैयाँ अंकित दरको १ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय बासिन्दाहरुको लागि र जारी पूँजीको १८ प्रतिशत अर्थात १४,४०,००० कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १,४४,००० कित्ता साधारण शेयर नेपाल सरकारको  सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरु, ५ प्रतिशत अर्थात ७२,००० कित्ता सामुहिक लगानी कोष, २० अर्थात २८,८०० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँड गरे पश्चात् बाँकी रहेको ११,९५, २०० कित्ता साधारण शेयरहरु सर्वसाधारणका निष्काशन गर्न लागेको हो ।

Esewa
Crest

उक्त शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम शेयर १,००,००० कित्ताका लागि आवेदन दिन सकिनेछ । सो शेयरमा छिटोमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयभित्र माग अनुसारको आवेदन नपरेमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS