IME Life New

पियोर इनर्जीको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पियोर इनर्जीको आइपीओ आज बिहीबार बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङमा आइपीओ बाँडफाँट गरिएको हो। आइपीओ बाँडफाँट कार्यक्रम बिहान ९ बजे राखिएको हो।

Esewa
Crest

कम्पनीले सर्वसाधारणलाई गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँबराबरको ११ लाख ९५ हजार २०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो।

यो आइपीओमा कुल १८ लाख ५४ हजार ४९७ आवेदकबाट २ करोड १० लाख ५३ हजार ४६० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो। जसमा १८ लाख ४६ हजार ६६४ आवेदकबाट माग भएको २ करोड ९ लाख ४९ हजार ६० कित्ता शेयर सदर भएको थियो भने ६ हजार ४२६ आवेदकबाट परेको १ लाख ४ हजार ४०० कित्ता शेयर बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सदर आवेदनमध्ये १७ लाख २७ हजार १४४ आवेदकबाट हात खाली भएको छ।

पियोर इनर्जीको आइपीओ नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आइपीओ नतिजा धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंक र धितोपत्र जारी गर्ने कम्पनी पियोर इनर्जीको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np वा मेरो शेयरबाट हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS