IME Life New

बढ्यो सार्वजनिक यातायातको भाडादर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायात भाडादर पनि बढाइएको छ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको सहमतिमा यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर बढाएको छ। विभागका अनुसार यात्रुवाहक सवारीसाधनको भाडादार १६.७१ प्रतिशतले बढेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको १५.७५ प्रतिशतले बढाइएको छ।

Esewa
Crest

विभागले १३ वटा सूचकहरुको विश्लेषण तथा इन्धनको मूल्यमा आएको परिवर्तनलाई ध्यानमा राखेर भाडादर बढाइएको हो। यो नयाँ भाडादर आज चैत २५ गतेबाटै लागू हुनेछ।

विभागले २०७२ सालदेखि वैज्ञानिक भाडादर लागू भएदेखि नै सार्वजनिक यातायातको स्वचालित रुपमा भाडादर समायोजन गर्दै आएको छ। प्रमुख सूचकका रुपमा रहेको इन्धनको बजारमूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले भाडादर समायोजन गर्दै आएको छ।

विभागले पछिल्लोपटक डिजेलको औसत बजारमूल्य प्रतिलिटर १५०.८३ रुपैयाँ हुँदा २०८१ पुस २२ गते भाडा समायोजन गरेको थियो। त्यसपछि आज विभागले भाडादर समायोजन गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS