IME Life New

सार्वजनिक संस्थानः २७ वटा नाफामा, १६ वटा नोक्सानीमा, सरकारको लगानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वका सार्वजनिक संस्थानको अवस्था अझै दयनीय देखिएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार कुल ४५ वटा सार्वजनिक संस्थानमध्ये २७ वटा मात्रै नाफा छन्।

Esewa
Crest

यसैगरी १६ वटा संस्था नोक्सानीमा छन् भने २ वटा बन्द अवस्थामा छन्। अघिल्लो वर्ष २८ वटा सार्वजनिक संस्थान नाफामा रहँदा १५ वटा नोक्सानीमा थिए भने २ वटा बन्द नै थियो।

२०८२ असार मसान्तसम्म सर्वाजनिक संस्थामा नेपाल सरकारको शेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ गरी कुल ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS