IME Life New

विदेशी वायुसेवा कम्पनीका लागि तेस्रो मुलुक हुँदै उडान भर्न पाउने सुविधा प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अनेक प्रयास गर्दा पनि काठमाडौंबाहिरका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि सरकारले वायुसेवा कम्पनीका लागि एकपछि अर्को गर्दै सुविधाको घोषणा गरिरहेको छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि विदेशी वायुसेवा कम्पनीहरु इच्छुक देखिएका छैनन् । पोखराबाट चिनियाँ वायुसेवा कम्पनीले सीमित संख्यामा उडान भरे पनि भैरहवाबाट केही महिनादेखि उडान नै बन्द छ।

Esewa
Crest

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘राष्ट्रिय हवाई नीति–२०८२’ मा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ‘फिफ्थ फ्रिडम ट्राफिक राइट्स’ दिने प्रस्ताव गरेको छ। यो नीति मन्त्रिपरिषदबाट पारित भएपछि हवाई नीति २०६३ विस्थापित हुनेछ।

यी दुवै विमानस्थलमा उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई ग्राउन्ड ह्यान्डलिङ, इन्धन शुल्कमा छुट दिँदै आएको छ। अब विमान कम्पनीहरुलाई ‘फिफ्थ फ्रिडम ट्राफिक राइट्स’ पनि दिने तयारी गरेको हो।

मस्यौदामा समावेश गरिएको फिफ्थ फ्रिडम ट्राफिक राइट्सले विदेशी वायुसेवा कम्पनीलाई सीधै गन्तव्य मुलुक नभएर तेस्रो मुलुक हुँदै यात्रु तथा मालसामान बोक्न अनुमति दिन्छ।

यो सुविधाका कारण यात्रु संख्या बढ्ने हुँदा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित हुने पर्यटन मन्त्रालयको विश्वास छ।

सरकारले गत साउनमा हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सहुलियत दिने घोषणा गरेको थियो । यस्तो सुविधाका बाबजुद अहिले अफ सिजनका कारण विदेशी वायुसेवा कम्पनीले उडान गर्न मानेका छैनन्।

गत मंसिरमा भैरहवामा ४ वटा विदेशी एयरलाइन्सले २ महिनासम्म नियमित उडान गरेका थिए । पोखरामा आधा दर्जन चार्टर्ड उडान भए पनि नियमित उडान भएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS