IME Life New

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी ललिता थापा र सविना श्रेष्ठको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । संस्थापक शेयरधनी ललिता थापाको नाममा रहेको १ लाख १ हजार ४ सय कित्ता र सविना श्रेष्ठको नाममा रहेको ६१ हजार १२४ कित्ता शेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने भएकोले उक्त शेयर खरिदका लागि असार ३१ गतेले सूचना प्रकाशित भएको मितिसम्म ३५ दिनको समय राखी शेयर बिक्री गरेकोमा उक्त समयभित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाले उक्त शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

Esewa
Crest

शेयर खरिद गर्न चाहने जो कोही व्यक्ति वा संस्थाले आगामी ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड काठमाडौंमा आवेदन दिनु पर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS