IME Life New

पासपोर्टमै प्रोसेसर जडान, यूभी लाइट बाल्नासाथ स्विट्जरल्यान्डको भर्चुअल टुर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका अधिकांश देशका पासपोर्ट परम्परागत डिजाइन पछ्याउँछन्। तर, स्विट्जरल्यान्डले यो साधारण डिजाइनमा ठूलो परिवर्तन गरेको छ।

स्विट्जरल्यानडको पासपोर्ट प्रविधि र कलाको उत्कृष्ट संयोजन बनेको छ। विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा समावेश स्विट्जरल्यान्डको पासपोर्ट यसको अनौठो डिजाइनका लागि चर्चामा आएको छ।

Esewa
Crest

यो पासपोर्टले विश्वका १८९ देशमा भिसा फ्री वा आगमनमा भिसा प्रदान गर्दछ। हाल यो सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा चौथो स्थानमा छ। स्विट्जरल्यान्डको नयाँ पासपोर्टको फरक डिजाइन हुनेछ। यसलाई जेनेभामा रहेको रिटिन्ना नामक स्टुडियोले डिजाइन गरेको हो।

स्विट्जरल्यान्डको नेक्स्ट जेनरेसन पासपोर्टमा देशका विभिन्न क्षेत्रको झलक देखाउनेछ। डिजाइनसँगै यसमा सुरक्षाको पनि विशेष ध्यान दिइएको छ। यो पासपोर्ट रातो कभरका साथ आउँछ, जसमा स्विस क्रस बनाइएको छ। यसमा पाँच फरक भाषामा ‘स्विस पासपोर्ट’ लेखिएको छ।

रोचक कुरा के छ भने स्विट्जरल्यान्डको पासपोर्टमा माइक्रोप्रोसेसर पनि जडान गरिएको छ। रिटिन्नाले यस पासपोर्टमा यूभी लाइटहरुको विशेष सुविधा थपेको छ। यस कारणले गर्दा पासपोर्ट अन्तरक्रियात्मक हुन्छ। जब यूभी लाइटहरु पासपोर्टको पृष्ठमा पर्छन्, यसको गोप्य रेखाहरु देखा पर्न थाल्छन्। यसको पृष्ठहरुमा विभिन्न चित्र प्रयोग गरिएको छ। पासपोर्टमा स्विट्जरल्यान्डको नक्सा देख्न सकिन्छ।

स्विट्जरल्यानडको पासपोर्ट डिजाइन गर्ने कम्पनी रिटिन्ना भन्छ, ‘जब भौतिक सुरक्षा डिजिटल सुरक्षासँग मिल्छ। पासपोर्टधारकको बायोमेट्रिक्स स्विस पासपोर्टको डेटा पृष्ठमा लुकेको हुन्छ। त्यसैले यसलाई उच्च स्तरको सुरक्षा चाहिन्छ। यो डिजाइनको सबैभन्दा कठिन भाग थियो। आइसोलाइनहरुको नेटवर्कका कारण पासपोर्टधारकको डेटा यूभी लाइटमा सुरक्षित रहन्छ।’

अर्थात्, स्विट्जरल्यान्डको पासपोर्ट आफैँमा अद्वितीय छ। जबसम्म यूभी लाइट यसमा पर्दैन तब यो फरक देखिन्छ। यूभी लाइट पासपोर्टमा पर्दा यसको सुन्दरता धेरै गुणा बढ्छ। त्यसपछि पासपोर्टमा लुकेका विवरण देखिन थाल्छन भने स्विट्जरल्यान्डको भर्चुअल टुर पनि गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS