काठमाडौं । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको २०६२ सालदेखिको सम्पत्ति जाँचबुझ गर्न छानबिन आयोग गठन गरेको छ । मन्त्री परिषदको बुधबार सम्पन्न बैठकले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।
बैठकले २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन गर्न, प्रमाणीकरण तथा छानबिन गर्ने जिम्ा सम्पत्ति जाँचबुझ छानबिन आयोगलाइ दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासस्मित पोखरेलका अनुसार, आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन् ।












