IME Life New

आज पृथ्वी जयन्ती, देशभर सार्वजनिक बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा हुनेछ । आज सो अवसरमा बीमा कम्पनी, बैंक, सरकारी कार्यालय तथा शेयर बजार पनि बन्द हुन्छन् ।

१७७९ सालमा जन्मिएका शाहको आज ३ सय ४औँ जन्मजयन्ती हो । उनले आधुनिक नेपालको एकीकरणमा पुर्‍याएको योगदानको स्मरण गर्दै प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।

Esewa
Crest

शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिन्छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डामा पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS