काठमाडौं । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६ घन्टामै दाताहरुले सवा २७ करोड रुपैयाँ बढी योगदान गरेका छन्।
अर्थ मन्त्रालयका अनुसार उद्धार कोषमा आज १० वटा संस्थाले २७ करोड ३३ लाख रुपैयाँ योगदान गरेका हुन्। यो कोषको रकम रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा पुनस्र्थापनाका लागि प्रयोग गरिने मन्त्रालयले जनाएको छ।
कोषमा प्राप्त हुन थालेको सहयोग रकम एकद्वार प्रणालीमार्फत अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बुझ्न थालेका छन्। पछिल्लो ६ घन्टामा मन्त्रालयमा आई ती दाताले रकम हस्तान्तरण गरेका हुन्। भएको रकम २७ करोड ३३ लाख रहेको छ।
कोषमा योगदान गर्ने दाता र रकम
- गोर्खा ब्रुअरीः १० करोड रुपैयाँ
- नेपाल बैंकः ३ करोड १ लाख रुपैयाँ
- कुमारी बैंकः ३ करोड रुपैयाँ
- राष्ट्रिय वाणिज्य बैंकः ३ करोड रुपैयाँ
- निफ्राः २ करोड ५० लाख रुपैयाँ
- एनआईसी एसिया बैंकः २ करोड २१ लाख रुपैयाँ
- सारस बेभरेज (रेडबुल): २ करोड रुपैयाँ
- एनसेल आजियाटाः १ करोड रुपैयाँ
- शिवशक्ति ग्रुपः ५१ लाख रुपैयाँ
- रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजः १० लाख रुपैयाँ












