IME Life New

प्राइम कमर्सियल बैंकको साधारणसभा पुस ३० मा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

भाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी कुल ८.४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि बैंकको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा संशोधनका लागि नियमनकारी निकायहरुबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नु प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS