IME Life New

ताजा जनादेशका लागि फागुनको निर्वाचनमा सहभागि हुन राष्ट्रपतिको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागि भएर ताजा जनादेश प्राप्त गर्ने अवसर सदुपयोग गर्न सम्पूर्ण राजनीतिक शक्तिसँग अनुरोध गर्रका छन्।

उनले शनिबार एक अपिल जारी गर्दै बडो जुक्तिका साथ जनता रिझाउँदै र आफैंमा सम्हालिंदै फागुनमा हुने चुनाव सम्पन्न गराउने कार्यमा सहयोग गर्न अनुरोध गरेका हुन्।

Esewa
Crest

देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको उल्लेख गर्दै राष्ट्रपति पाैडेलले संविधान जीवित रहेको,संसदीय प्रणाली जोगिएको र संघीय लोकतान्त्रिक गणतन्त्र कायमै रहेको अवगत गराएका छन्।

उनले भनेका छन्, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएका छन्।

यसैबीच आठ राजनीतिक दलको संसदीय दलका सचेतकहरूले संयुक्त विज्ञप्ती जारी गर्दै संसद विघटनको निर्णय फिर्ता लिन राष्ट्रपतिसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS