IME Life New

प्रधानमन्त्री कार्कीको सिफारिशमा राष्ट्रपति पाैडेलले गरे प्रतिनिधि सभा विघटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका छन् ।

शुक्रबार सिंहदरबारभित्र कार्यकक्षमा पदभार ग्रहण गर्दै कार्कीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गर्ने निर्णय गरेकी थिइन् ।

Esewa
Crest

आन्दोलनकारी पक्षसँग भएको सहमतिका आधारमा राष्ट्रपतिले प्रतिनिधि सभ गरेका हुन्। यद्दपी राष्ट्रिय सभा भने कायमै राखिएको छ ।

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र अर्थात फागुन महिनासम्ममा प्रतिनिधि सभाको नयाँ निर्वाचन गर्ने कार्यादेश दिइएको छ।

राष्ट्रपतिले विघटन गर्ने घोषणा गरेसँगै २०८४ साल सम्मका लागि निर्वाचित प्रतिनिधि सभा असमयमै मृत्यु वरण गर्न बाध्य भएको छ। २०७९ साल मंसिरमा भएको आम निर्वाचनबाट ४ वर्षका लागि प्रतिनिधि सभा सदस्यहरू चयन भएका थिए।

अब अागामी फागुन २१ गते  प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरिएको छ ।

नेपालको संविधान २०७२ जारी भएयता हालसम्म २०७४ र २०७८ गरी दुइ पटक प्रतिनिधि सभाको निर्वाचन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

38%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS