IME Life New

बीमा कारोबार विश्लेषणका लागि प्रत्येक कम्पनीमा एक्चुअरीयल एनालिष्ट नियुक्त गर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमाङ्की नियुक्ति सम्बन्धी निर्देशिका परिमार्जनका लागि मस्यौदा तयार गरेको छ। प्राधिकरणले बीमकको कारोबार बिस्तारसँगै जोखिमको बदलिंदो प्रकृतिलाई मध्यनजर गर्दै सबै खाले बीमकलाई समेट्ने गरी जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्या‌ङ्कन सम्बन्धि निर्देशिका २०७७ संशोधन सहित एकीकृत निर्देशिका जारी गर्न लागेको हो ।

प्राधिकरण सम्बद्ध श्रोतका अनुसार प्रस्तावित निर्देशिकामा जीवन बीमक, निर्जीवन बीमक र पुनर्बीमकका लागि समेत बीमाङ्की नियुक्ति र बीमाङ्कीय मूल्याङ्कन सम्बन्धमा आवश्यक प्रावधानहरु समेटिनेछ।

Esewa
Crest

हाल प्रत्येक बीमकका लागि एउटा मात्र बीमाङ्कीले काम गर्दै आएकोमा अबदेखि प्रत्येक बीमकले बीमाङ्कीय विश्लेषणका लागि अर्को एकजना पूर्णकालीन जनशक्ति नियुक्त गर्नुपर्नेछ। पूर्णकालीन कर्मचारीको रुपमा नियुक्त गरिने बीमाङ्कीले मुख्य बीमाङ्की(अप्वाइण्टेड एक्चुअरी) को निर्देशनमा रहेर काम गर्नेछ । यस्तो जिम्मेवारीमा नियुक्त हुनेहरुका लागि बीमाङ्की विज्ञानमा स्नातक उतीर्ण गरी एक्चुअरी सोसाइटीबाट सदस्यता प्राप्त हुनुपर्ने योग्यता तोक्न लागिएको छ।

बीमाङ्कीय मूल्याङ्कनसँग सम्बन्धित सबै तथ्यांकहरु तयार पार्ने, संष्लेशन गर्ने, विश्लेषण गर्ने र आफ्नो राय सहितको प्रतिवेदन मुख्य बीमाङ्कीसमक्ष पेश गर्ने दायीत्व सहायक बीमाङ्कीमा रहनेछ। सहायक बीमाङ्कीलाई मुख्य बीमाङ्कीले कम्तीमा १० घण्टा विषयगत तालिम दिनुपर्नेछ र आफ्नो सहयोगीका रुपमा विकास गर्नुपर्नेछ।

प्रस्तावित निर्देशिका अनुसार जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका लागि तत्कालै जनशक्ति नियुक्त निर्देशन दिनेछ। यसैगरी निर्जीवन बीमकको हकमा १ वर्षको समयावधी उपलब्ध गराइने निर्देशिकाको मस्यौदामा उल्लेख छ।

परम्परागतरुपमा नै हालसम्म पनि बीमकले प्रत्येक आर्थिक वर्षको नयाँ तथ्यांक सहित बीमा कारोबारको सबै तथ्यांक विदेशी बीमाङ्कीलाई उपलब्ध गराउने अभ्यास रहँदै आएको छ। यसै अभ्यास अन्तर्गत विदेशी बीमाङ्कीले बीमकबाट प्राप्त तथ्यांकको आधारमा जोखिम, नाफा,घाटा लगायतको विश्लेषण गरेर बीमकको आग्रह अनुसारको बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन तयार पार्दै आएका छन् । अब इन हाउस जनशक्तिको उपलब्धताले बीमाङ्की मूल्याङ्कन प्रतिवेदन तयार पार्ने समय छोटिनेछ।

हाल छलफलको क्रममा रहेको नयाँ प्रावधान लागू गरिएपछि बीमकले आफ्नो प्रत्येक बीमालेख पोर्टफोलियोको आम्दानी, नाफा,घाटालाई छोटो समयमै विश्लेषण गर्न सक्नेछ। यस्तो विश्लेषणले बीमकलाई कुनै बीमालेख पोर्टफोलियोलाई निरन्तरता दिने, नियामकीय स्वीकृति लिएर परिमार्जन गर्ने वा बन्द गर्ने निर्णय लिन सहज बनाउनेछ।बीमाशुल्कको आधार दर निर्धारण, बीमालेखमा निहित खर्चभार, वित्तीय जोखिमको स्तर, बीमकले लगानी गर्नुपर्ने क्षेत्रलगायतको विषयमा सहायक बीमाङ्कीले बीमकको व्यवस्थापन समक्ष उपयुक्त सुझाव सल्लाह दिनेछन् ।

हाल नेपालमा त्रिभूवन विश्वविद्यालयले गणित विज्ञान अन्तर्गत एक्चुअरियल साइन्सको अध्यापन गराई रहेको छ। त्रिविले अध्यापन शुरु गरेयता २५ जना अक्चुअरी नेपालमै उत्पादन भई सकेकाले जनशक्तिको व्यवस्थापन गर्न बीमकलाई असहज नहुने प्राधिकरणको बुझाई छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS