IME Life New

सञ्चालनमा आएको ८ वर्ष नपुग्दै बन्द हुने भयो प्रभु पे वालेट सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडले सञ्चालन गरिरहेको प्रभु पे डिजिटल भुक्तानी सेवा बन्द हुने भएको छ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको इजाजत पत्र नविकरण नगरेको कारण जनाउँदै यो कम्पनीको इजाजत पत्र रद्द गर्ने निर्णय गरेको हो।

Esewa
Crest

सन् २०१७ सालमा स्थापित प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडले प्रभु पे वालेट मार्फत डिजिटल भुक्तानी सेवा सञ्चालन गर्दै आएको थियो।कम्पनीले डिजिटल भुक्तानी सेवा सञ्चालनका लागि २०७६ फागुन ११ गते नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेको थियो।

प्रतिस्पर्धात्मक बजारमा पर्याप्त व्यापार गर्न नसक्दा सञ्चालन खर्च धान्न नसक्ने भएपछि पछिल्लो समयमा यो कम्पनी निरन्तर घाटामा रहेको थियो।

गुगल प्ले स्टोरबाट प्रभू पे एप्स ५ लाख पटक डाउन लोड गरिएको छ।

पछिल्लो समय अस्तित्व कायम राख्नका लागि आइएमई पे र खल्ती डिजिटल वालेट आपसमा गाभिएर आइएमई खल्ती प्रालिमा रूपान्तरण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS