IME Life New

प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब डेढ लाख कित्ता शेयर आजबाट बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको १ लाख ४२ हजार ३०० कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा पेस गर्न सकिनेछ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS