IME Life New

व्यापार र सम्पत्ती बढेसँगै प्रभु महालक्ष्मी लाइफको ‘इस्युअर रेटिङ’ मा सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले जीवन बीमक प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको इस्युअर रेटिङको स्तरोन्नती गरेको छ। यो कम्पनीको बीमा कारोबारमा वृद्धिसँगै चुक्ता पूँजी वृद्धिको कारण वित्तीय सबलता सुदृढ भएको निष्कर्ष सहित इक्रा नेपालले साबिकको ‘डब्बल बी प्लस’ बाट ‘त्रिपल बी माइनस’ रेटिङमा स्तरोन्नती गरेको हो।

इक्रा नेपालका अनुसार, यो श्रेणी प्राप्त गर्ने शेयर जारीकर्ता कम्पनीले पूर्व निर्धारित समयमै वित्तीय दायीत्व पुरा गर्ने सवालमा मध्यमस्तरको सुरक्षा प्रत्याभूत हुन्छ।

Esewa
Crest

प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा आव २०८०।८१ मा खुद बीमाशुल्क आम्दानीमा २२ प्रतिशतले वृद्धि गरेको छ। जीवन बीमा क्षेत्रको समग्र वृद्धि दर १० प्रतिशत भएका बेला यो कम्पनीले औसतभन्दा दोब्बर वृद्धि गरेको हो।

बीमालेख नविकरण दरमा सुधारका कारण यसको बीमाशुल्क आम्दानी वृद्धिमा सकारात्मक प्रभाव पारेको इक्रा नेपालले विज्ञप्तीमा उल्लेख गरेको छ। गत आवमा यसको नविकरण दर ८७ प्रतिशत रहेको थियो, जुन अघिल्लो आवमा जम्मा ७३ प्रतिशत रहेको थियो ।

प्रभू महालक्ष्मी लाइफको पर्याप्त सोल्भेन्सी मर्जिन अनुपात १.९६ पनि रेटिङ मूल्याङ्कनमा सकारात्मक प्रभाव पारेको छ। नियामकीय प्रावधान अनुसार यस्तो मार्जिन १.३ गुणा भए पुग्छ। प्रभू महालक्ष्मीको शेयरमध्ये २४ प्रतिशत स्वामित्व बैंक तथा वित्तीय संस्थाको छ। यसले भावी बोनशका लागि पनि पर्याप्त व्यवस्था गरेको छ।

कुल बीमाशुल्क आम्दानीको हिसाबले जम्मा ३ प्रतिशत बजार हिस्सा ओगटेकाले यसले पर्याप्त व्यापार प्राप्त गर्न अझै मिहिनेत गर्नुपर्ने अवस्था छ। साथै २०७४ सालदेखि सञ्चालनमा आएकाले यसको सञ्चालन अवधि छोटो भएकाले वित्तीय सबलता लगायतका सक्षम पक्षको मूल्याङ्कन गर्न पर्याप्त आधार खडा भइसकेको छैन।

अल्पकालीन देखि मध्यकालीन मुद्दती निक्षेपमा लगानीका कारण यसको ब्याज आम्दानीको स्थिरतामा पनि चुनाैती देखिएको छ। साथै दीर्घकालीन प्रकृतिको विविध लगानीमा पनि कमी देखिएको छ। यी कारणले बीमितको न्यायोचित अपेक्षा पुरा गर्न चुनाैती देखिएको छ। कुल लगानी रकमको ८० प्रतिशत रकम बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमा केन्द्रित छ।

कुल बीमाशुल्कको ३१ प्रतिशत रकम व्यवस्थापन खर्चमा जाने भएकाले यसले व्यवस्थापन खर्चको दबाब घटाउन व्यापार विस्तारमा जोड दिनुपर्ने टिप्पणी रेटिङ एजेन्सीले गरेको छ।

प्रभु महालक्ष्मीले गत आर्थिक वर्ष २०८०।८१ मा कुल ३८ करोड रूपैयाँ नाफा कोर्जन गरेको थियो। गत आवमा यसको कुल सम्पत्ती १६ अर्ब ५७ करोड २० लाख रूपैयाँ बराबर पुगेको छ।

सर्वसाधारणको १५ प्रतिशत शेयर स्वामित्व रहेको यो कम्पनीमा पछिल्लो समयमा संस्थागत लगानीकर्तामध्ये नेपाल इन्भेष्टमेण्ट मेगा बैंकसँग यसको सबैभन्दा ठूलो शेयर(७ प्रतिशत) स्वामित्व छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS