IME Life New

प्रभु बैंकको मुख्य सूचकहरुमा संकुचन, बढ्यो खराब कर्जा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २४.०८ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँले ऋणात्मक थियो।

चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ९६ करोड ६५ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ५२ करोड २८ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा २२.०५ प्रतिशतले कम हो।

दोस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी २.३८ प्रतिशतले बढेको छ।

चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भमा १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा २ अर्ब ५६ करोड ५४ लाख रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा १२ अर्ब ५९ करोड १४ लाख रुपैयाँ थियो।

समीक्षा वर्षसम्म बैंकले ३ खर्ब ४० अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले ३ अर्ब ४२ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ७.९४ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ५.०६ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ८.६२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ११.३५ रुपैयाँ थियो। पीई रेसियो २१.२७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS