IME Life New

इन्डोनेसियाको टोबेलो क्षेत्र नजिकै शक्तिशाली भूकम्पको धक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्डोनेसियाको टोबेलो क्षेत्र नजिकै.मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। इन्डोनेसियाको भू-गर्भ विभागका अनुसार मुख्य भूकम्प र हालैका महिनाहरूमा भएका अन्य पराकम्पहरूका बारेमा विस्तृत विवरण तल प्रस्तुत गरिएको छ

भूकम्प स्थानीय समय अनुसार ११:३७ बजे (नेपाली समयअनुसार करिब ९:२२ बजे) गएको छ। उत्तर मालुकु प्रान्तको टोबेलोबाट करिब २२२ किलोमिटर उत्तर-पश्चिममा समुद्रको सतह मुनि केन्द्रविन्दु रहेको भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.७ म्याग्निच्युड मापन  गरिएको छ। यसको गहिराई जमिनको सतहबाट करिब ५३.९ किलोमिटर तल थियो।

Esewa
Crest

हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन र सुनामीको चेतावनी पनि जारी गरिएको छैन।

इन्डोनेसिया प्रशान्त महासागरको ‘रिंग अफ फायर’ मा अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प जाने गर्दछ। सन् २०२६ को सुरुवातदेखि नै यहाँ धेरै पटक शक्तिशाली धक्काहरू महसुस गरिएका छन्।

३० मार्च मा मालुकु क्षेत्रमा ५.१म्याग्निच्युड मापन  गरिएको तर गहिरो केन्द्रविन्दु भएकोले कुनै क्षति भएन।

२९ मार्च मा दक्षिणपूर्वी सुलावेसी र मालुकुमा क्रमशः ६.५ र २.६ म्याग्निच्युड मापन  गरिएको मालुकुमा ६.५ को शक्तिशाली धक्का महसुस गरिएको थियो। २७ मार्चमा पश्चिम पापुआ ५.९ म्याग्निच्युड मापन  गरिएको यो भूकम्प बिहान सबेरै गएकोले मानिसहरूमा त्रास फैलाएको थियो।

३ मार्च २०२६ मा सुमात्रा टापुमा ६.१ म्याग्निच्युड मापन  गरिएको सुमात्राको समुद्री तट नजिकै गएको भूकम्पको धक्काले स्थानीय घरहरू हल्लिएका थिए। १८ फेब्रुअरी २०२६ मा मालुकु टापुमा ५.७ म्याग्निच्युड मापन  गरिएको भूकम्पले कुनै गम्भीर क्षतिको रिपोर्ट आएन।

इन्डोनेसियाका अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दाहरूलाई सधैं सतर्क रहन र आधिकारिक जानकारीमा मात्र विश्वास गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS