IME Life New

वर्षा र हिमपातको सम्भावनाः हिमाली र उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि अलर्ट रहन सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राखेर हिमाली र उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि अलर्ट रहन सुझाव दिइएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै यस्तो सुझाव दिएको हो। ‘पछिल्ला २ दिन अर्थात् २०८२ कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी ४ जनाको ज्यान गएको छ भने एकजना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘लेक लागेर जीवन गुमाएकाप्रति प्राधिकरण गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै लेक लागेर बिरामी परेका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।’

Esewa
Crest

जल तथा मौसम विज्ञान विभागवाट जारी मौसम पूर्वानुमानअनुसार कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। ‘बंगालको खाडी र अरब सागरमा बनेको दुईवटा न्यूनचापीय प्रणालीले आगामी मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा तथा हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सोसम्बन्धी सूक्ष्म विश्लेषण भइरहेको र छिट्टै पूर्वानुमान जारी हुने जानकारीसमेत प्राप्त भएको छ’, प्राधिकरणले भनेको छ।

‘त्यसैले हाल पर्यटन सिजन चलिरहेको र ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पर्वतारोहण, पदयात्रालगायतका उद्देश्यले उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रामा निस्किरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ मौसम पूर्वानुमान र लेक लागेर मृत्यु वा घाइते हुने दर बढ्दै गएको स्थितिमा हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान एवं सोका आधारमा यस प्राधिकरणबाट प्रकाशन गरिने पूर्वसूचना एवं अलर्टबारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न, आवश्यक पूर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन प्राधिकरण अपिल गर्दछ ।’

यसका साथै पर्वतारोहण, पदयात्रालगायतका पर्यटकीय गतिविधि अधिक हुने उच्च पहाडी तथा हिमाली जिल्लाका जिल्ला सुरक्षा समिति, स्थानीय तह, सम्बन्धित पर्यटन व्यवसायी लगायत सम्बद्ध सबै पक्षले मौसम पूर्वानुमान एवं प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’ अनुसार आवश्यक भूमिका निर्वाह गरी नागरिकको जीवन रक्षामा योगदान पुर्याउनु हुनसमेत प्राधिकरणले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS