काठमाडौं । आज नेप्से परिसूचक ३१ दशमलव १२ अंकले बढेर २,६७२ को विन्दुमा कायम भएको छ । आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।













